सुनसरीको शंकर बेली तालमा डुबेर एक जनाको मृत्यु

Newslaya Home

सुनसरीको शंकर बेली तालमा डुबेर एक जनाको मृत्यु

मङ्गलबार १३, साउन २०७७

इटहरी । सुनसरीको रामधुनी नगरपालिका–६ मा रहेको शंकर बेली तालमा डुबेर एक जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो तालमा जाल हानी माछा मार्ने क्रममा डुबेर बराह नगरपालिका–४ का ५० बर्षीय सिताराम चौधरीको ज्यान गएको हो ।

अचानक सोही तालमा डुबेर चौधरीको मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी बि।पी।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको तथा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।