रामधुनीका जनप्रतिनिधिले गरे सामाजिक सुरक्षा भत्तामा हिनामिना

Newslaya Home

रामधुनीका जनप्रतिनिधिले गरे सामाजिक सुरक्षा भत्तामा हिनामिना

मङ्गलबार १३, साउन २०७७

रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाका जनप्रतिनिधिहरुले सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको पाइएको छ ।

रामधुनी–३ का जनप्रतिनिधिहरुले कोरोनाका कारण गत वर्षको चैत्र ११ गतेबाट यही साउन ६ गतेसम्म जारी गरिएको बन्दाबन्दीको समयमा वडाका विभिन्न व्यक्तिहरुले पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता हिनामिना गरेका हुन् ।

रामधुनी–३ ले वैशाख महिनामा झिकेको ५ सय १४ जनामध्ये ७ जनाको भत्ता रकम हिनामिना गरेको पाइएको हो ।