प्रदेश १ मा ८९ प्रतिशत रोपाईं सम्पन्न

Newslaya Home

प्रदेश १ मा ८९ प्रतिशत रोपाईं सम्पन्न

मङ्गलबार १३, साउन २०७७

विराटनगर । प्रदेश १ मा यस वर्ष ८९ प्रतिशत रोपाईं सम्पन्न भएको छ । समयमै मनसुन सक्रिय भएकोले प्रदेशमा सतप्रतिशत रोपाइ हुने भएको छ ।

गत वर्ष ९० प्रतिशत मात्र रोपाइ भएको प्रदेश १ मा यस वर्ष सतप्रतिशत रोपाई हुने भूमि व्यवस्था, तथा कृषि सहकारी मन्त्रालयले जनाएको छ ।
यस वर्ष समयमै वर्षा भएको कारण प्रदेशमा रोपाई अन्तिम चरणमा पुगेको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा धान रोपाँई हुने ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमध्ये ३ लाख ३ हजार ९८ दशमलव ६२ हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ । प्रदेशको सबैभन्दा बढी अन्न उत्पादन हुने झापा, मोरङ र सुनसरीमा सबैभन्दा बढी रोपाई भएको छ ।