पिण्डेश्वर मन्दिर जाने बाटोको दुई घर पहिरोको उच्च जोखिममा

Newslaya Home

पिण्डेश्वर मन्दिर जाने बाटोको दुई घर पहिरोको उच्च जोखिममा

मङ्गलबार १३, साउन २०७७

धरान । अविरल वर्षाका कारण धरान–१४ विजयपरको पिण्डेश्वर मन्दिर जाने बाटो दक्षिण तर्फको दुई वटा घर मुनिको जमिन बगाएपछि दुई घरका बासिन्दा बिस्थापित भएका छन् ।

पहिरोले बाबाधाम मार्गका चन्द्र बस्नेतको पक्की घर र कमला लिम्बुको घर उच्च जोखिममा परेको हो । सोमबार साँझ देखि परेको अविरल वर्षाका कारण सडकमा र किनाराको नालामा बगेको भल पानीले घरमुनि खोल्सामा कटान गरी जमिन भत्काउन थालेपछि दुई घर उच्च जोखिममा परेको हो ।

पहिले देखिनै कटान भइरहेको भए पनि गए राति धेरै नै कटान गरेको स्थानीयवासीले बताएका छन् । अहिले पनि निरन्तर पानी परिरहेकोले बाबाधाम मार्गको मुनि रहेको अरू घरहरू पनि जोखिममा रहेको बताइएको छ ।