कन्काई नदीले फेरि भत्कायो पश्चिम किनारतर्फको बाँध

Newslaya Home

कन्काई नदीले फेरि भत्कायो पश्चिम किनारतर्फको बाँध

मङ्गलबार १३, साउन २०७७

बिर्तामोड । कन्काई नदीमा आएको बाढीले पश्चिम किनारतर्फको बाँध भत्काएको छ ।

झापाको शिवसताक्षी –४ र गौरीगन्ज गाउँपालिका–१ को सिमाना विश्वडुब्बा बस्तीको बाँध मंगलबार(आज) बिहान भत्किएको हो । उक्त स्थानमा करिब ४ सय मिटर बाँध भत्किएको जनाइएको छ ।

बाँध भत्किँदा नजिकैका ३० परिवार डुबानको उच्च जोखिममा परेको जिल्ला प्रहरीले जनाएको छ । कन्काई नदीले ९ दिनयता तीन स्थानमा तटबन्ध भत्काइसकेको छ भने ९ स्थानका बाँधमा क्षति पुर्‍याएको छ ।