सुनसरीका पत्रकारले मागे महासंघ सदस्यता शुल्कमा छुट

Newslaya Home

सुनसरीका पत्रकारले मागे महासंघ सदस्यता शुल्कमा छुट

मङ्गलबार १३, साउन २०७७

इटहरी । प्रेस संगठन नेपाल सुनसरीले नेपाल पत्रकार महासंघको सदस्यता शुल्क छुट गर्न माग गरेको छ । नयाँ सदस्यता शुल्क र पुरानोको नवीकरण शुल्क यो वर्ष छुट गर्न माग गरेको हो ।

कोभिड १९ को महामारीका कारण सञ्चार क्षेत्र प्रभावित भएको भन्दै पत्रकारहरुको महासंघ सदस्यता नवीकरण र नयाँ सदस्यता शुल्क छुट गर्न माग गरेको हो । मंगलबार एक विज्ञप्ती जारी गर्दै संगठनले श्रमजीवी पत्रकारहरुलाई राहतको लागि भन्दै यस्तो माग गरेको हो ।

सुनसरीबाट प्रकाशित हुँदै आएका १० वटा दैनिक, २७ वटा साप्ताहिक, १८ वटा एफएम, ४ वटा टेलिभिजन र २५ वटा अनलाईन न्युज पोर्टल र तिनमा काम गर्ने पत्रकारहरु आर्थिक संकटमा रहेको उल्लेख गर्दै निःशुल्क सदस्यताको सुरुवात सुनसरीबाट गर्न माग गरिएको छ ।

संयोजक श्रीशीसा राई र सहसंयोजक शेखर ढकालद्वारा संयुक्त हस्ताक्षरीत विज्ञप्तीमा श्रमजिवी पत्रकारहरुलाई दैनिक जीवन सहज हुनेगरी विशेष पत्रकारिता राहत प्याकेज–०७७ घोषणाको लागि पहल गर्नसमेत भनिएको छ । यस्तै लोककल्याणकारी विज्ञापनलाई व्यवस्थित तरिकाले वितरण गर्न, महामारीका कारण निष्कासित एवं सेवासुविधा कटौतिमा परेका श्रमजीविहरुको पुर्नवहाली गर्नसमेत माग गरिएको छ ।