बेलबारीमा बेहोस अवस्थामा भेटिएका श्रेष्ठको मृत्यु

Newslaya Home

बेलबारीमा बेहोस अवस्थामा भेटिएका श्रेष्ठको मृत्यु

मङ्गलबार १३, साउन २०७७

विराटनगर । बेलबारी –९ डाँगीहाटमा सवारी साधनको ठक्‍करबाट एक जना वृद्धको मृत्यु भएको छ । सोमबार साँझ भएको दुर्घटनामा बेलबारी–९ का ८२ वर्षीय काँशीराम श्रेष्ठको मृत्यु भएको हो ।

घटनास्थलमा घाइते अवस्थामा फेला परेका वृद्धलाई प्रहरीले उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो। त्यहाँ चिकित्सकले श्रेष्ठलाई मृत घोषित गरेका थिए ।

तर हालसम्म दुर्घटना गराउने सवारी साधनको पहिचान हुन सकेको छैन ।