इटहरीमा व्यापारीलाई बसमै लुट्ने चार जना पक्राउ

Newslaya Home

इटहरीमा व्यापारीलाई बसमै लुट्ने चार जना पक्राउ

मङ्गलबार १३, साउन २०७७

इटहरी । इटहरीका व्यापारीलाई बसभित्रै लुटेको आरोपमा चार जनालाई इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरेको छ ।

व्यापारीको साथमा रहेको ९७ हजार ६०० रुपैया ६ जना भएर लुटेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

तीमध्ये काभ्रेका जितबहादुर ट्वाटी श्रेष्ठ, सुजन तामाङ भन्ने सन बहादुर लामा तामाङ, युबराज लामा र कमल लामा पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले १२ हजार ९ सय रुपैयासमेत बरामद गरेको छ ।

उनीहरुले गत साउन ९ गते इटहरी बस स्टेण्डमा ओर्लन खोज्दै गर्दा धरान ८ का ५७ वर्षिय डम्बरप्रसाद वास्तोलालाई लुटेका थिए । उनको पैसा खोसेर बसबाट धकेलिदिएका थिए ।

फरार दुई जनाको खोजि भइरहेको छ । प्रहरीकाअनुसार उनीहरुले यसअघि पनि आपराधिक मुद्धा खेपिसकेका छन् ।