प्रहरीद्वारा १५ किलो सुन अवैध सुन बरामद

Newslaya Home

प्रहरीद्वारा १५ किलो सुन अवैध सुन बरामद

मङ्गलबार १३, साउन २०७७

काठमाडौं । काठमाडौंको दरबारमार्गबाट प्रहरीले १५ किलो अवैध सुन बरामद गरेको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा सुन तस्करलाई पछ्याउदै जाँदा तस्करको समूह सुनको झोला फालेर भागेको प्रहरीले जनाएको छ । सो क्रममा प्रहरीले झोलामा २ थान हतियार समेत फेला पारेको छ ।

तस्करले फालेको झोलामा १५ किलो सुन र दुईथान हतियार फेला परेको महानगरीय प्रहरी परिसरले जनाएको छ । सुन बोक्ने गाडीको नम्बर पहिचान भएको तर मानिस पक्राउ पर्न नसकेको बताइएको छ ।

पहिचान भएको गाडी र मानिस खोज्न प्रहरी परिचालन गरिएको छ । आजको मूल्यअनुसार बरामद सुनको मूल्य १२ करोड ६३ लाख बराबरको रहेको छ ।