बढ्यो सुनचाँदीको मूल्य

Newslaya Home

बढ्यो सुनचाँदीको मूल्य

मङ्गलबार १३, साउन २०७७

काठमाडौं । मंगलबार (आज) पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार सुन तोलामा ७ सय रुपैयाँले बढेको हो ।

सोमबार ९७ हजार ५ सयमा कारोबार भएको छापावाला सुन मंगलबार ७ सयले बढेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९७ हजार ७६० सयमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।