बढ्यो चिनीको मूल्य

Newslaya Home

बढ्यो चिनीको मूल्य

मङ्गलबार १३, साउन २०७७

काठमाडौं । चिनीको मौज्दात सकिँदै गएपछि ठूला व्यापारीले मिलेमतो गरी चिनीको मूल्य बढाएका छन् ।

चिनीको मूल्य अहिले खुद्रामा प्रतिकिलो एक सय रुपैयाँसम्म पुगेको छ । बजार मूल्य हस्तक्षेपको भूमिकामा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनसँग चिनीको मौज्दात सकिएको अवस्थामा बजार मूल्यवृद्धि भएको हो । उता स्वदेशी उद्योगसँग पनि मौज्दात सकिएको छ । त्यसको फाइदा उठाउँदै व्यापारीले मिलेमतो गरी चिनीको मूल्य वृद्धि गरेका हुन् ।

नेपाल खुद्रा व्यापार संघका अनुसार पछिल्लो तीन दिनमा चिनीको उपभोक्ता मूल्य कम्तीमा एक सय रुपैयाँसम्म वृद्धि भएको छ । संघका अध्यक्ष राजकुमार श्रेष्ठले थोक विक्रेताले मूल्य बढाएर पठाएका कारण चिनीको उपभोक्ता मूल्यवृद्धि भएको बताए । प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म वृद्धि भएको छ ।

थोकमा प्रतिकिलो ८५ देखि ९० रुपैयाँ रहेको चिनीलाई खुद्रा पसलले एक सय रुपैयाँसम्म असुल गर्दै आएका छन् ।