कालिकोटमा पहिरोले घर बगाउँदा एकै परिवारका पाँच जना बेपत्ता

Newslaya Home

कालिकोटमा पहिरोले घर बगाउँदा एकै परिवारका पाँच जना बेपत्ता

मङ्गलबार १३, साउन २०७७

कालिकोट । जिल्लाको रास्कोट नगरपालिका–१ लहरेला बडोलतोलामा आएको पहिरोले स्थानीय जयबहादुर शाहीको घर बगाउदा घरमा रहेका पाँच जना बेपत्ता भएका छन् । अविरल वर्षापछि सोमबार राति घरको माथिबाट आएको पहिरोले घरै बगाएर लगेपछि घरमा सुतिरहेका जयबहादुरका छोराछोरी र श्रीमतिसहित पाँच जना वेपत्ता भएको स्थानीय कालिविक्रम शाहीले बताए ।

प्रहरी प्रशासन, नगरपालिका, स्थानीयलगायतले उनीहरुको खोजिकार्य गरिरहेका छन् । यस्तै वर्षाले जिल्लाको नरहरिनाथ गाँउपालिका खुलालुमा पनि पहिरोमा परि थप एकजना वेपत्ता भएका छन् । उनको पनि खोजिकार्य भरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।