नक्कली ढुङगालाई बहुमुल्य भन्दै बच्ने ४ जना पक्राउ

Newslaya Home

नक्कली ढुङगालाई बहुमुल्य भन्दै बच्ने ४ जना पक्राउ

मङ्गलबार १३, साउन २०७७

काठमाडौं । नक्कली ढुङगालाई बहुमुल्य भन्दै ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा फलेवास नगरपालिका ५ खानिगाउँका ४० वर्षीय निर्मल विक, निज बिककी श्रीमती ३६ वर्षीया गुमा विक, जलजला गाउँपालिका ३ डेरा गरी बस्ने बागलुङ नगरपालिका १४ बलेवा घर भएका ३५ वर्षीय मञ्जिल शाह र म्याग्दी बेनी नगरपालिका २ ज्यामरुक घर भई सोही नगरपालिका ७ हुलाकचोक डेरा गरी बस्ने २४ वर्षीय मनिष बोहोरा रहेका छन् ।

निर्मल विकले स्याङ्जा चापाकोट नगरपालिका ६ स्थायी घर भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका ८ सुख्खाटोल बस्ने देव बहादुर मल्ललाई आफूसँग बहुमूल्य ढुङगा छ भन्दै लोभ देखाई ५० हजार रुपैयाँ लिएर पत्नी गुमाको नाममा पर्वत जिल्लाको ठेगानामा पठाएको र उक्त ढुंगा नक्कली समेत भएको अनुसन्धानको क्रममा खुल्न आएपछि उक्त कार्यमा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरु उपर ठगी सम्बन्धी मुद्धा शीर्षकमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।