नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Newslaya Home

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

सोमबार १२, साउन २०७७

काठमाडौं । कोरोना भाइरसबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

बाराको फेटा गाउँपालिका–३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मृत्यु भएको हो । उनी निमोनिया, मिर्गौला र मस्‍तिष्कघात सम्बन्धी रोगका बिरामी समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।