उद्घोषण तथा फोटोग्राफी तालिम सम्पन्न

Newslaya Home

उद्घोषण तथा फोटोग्राफी तालिम सम्पन्न

सोमबार १२, साउन २०७७

बराहक्षेत्र । किशोरी तथा महिलाहरुको क्षमता विकासको लागि सक्षम युवा क्लबको आयोजनामा बराहक्षेत्र ५ वडा कार्यलयमा भाषणकला, उद्घोषण तथा फोटोग्राफी तालिम सम्पन्न भएको छ ।

सगरमाथा मोटिभेसन प्रा.लिका शेखर ढकाल, नेप्ली मिडिया प्रालि तथा न्युजलय अनलाईन मिडियाका हिमाल दाहाल र महिला अधिकारकर्मी शोभा बजगाईले तालिमको प्रशिक्षण गरेका थिए ।

प्रयोगात्मक प्रशिक्षणका कारण अब स्टेज कार्यक्रम तथा कुनै पनि कार्यक्रम आफै संचालन गर्न सक्ने क्षमताको विकास भईसकेको सहभागी मेनुका तामाङले बताइन् ।

संस्थाका अध्यक्ष रोहिता भट्टराई तथा बराहक्षेत्र ५ का वडा सचिव आसा खड्काको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको थियो ।

वन्दावन्दीको कारण लामो समयसम्म घरमा नै रहेका किशोरीहरुमा परेको मनोबैज्ञानिक असर तथा अनुभव साटासाट गर्नको लागि पनि यस्ता कार्यक्रम महत्वपुर्ण रहेको अध्यक्ष रोहिता भट्टराईले बताइन् ।