रेशम चौधरीलाई रिहा गर्न माग गर्दै इटहरीमा प्रदर्शन

Newslaya Home

रेशम चौधरीलाई रिहा गर्न माग गर्दै इटहरीमा प्रदर्शन

सोमबार १२, साउन २०७७

इटहरी । इटहरी–२ त्रिभुवन चोकस्थित रेशम चौधरीलाई रिहाई गर्न माग गर्दै प्रदर्शन गरिएको छ ।

सोमबार जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले चौधरीको रिहाईको लागि माग गरेका हुन् ।

उनीहरुले पत्नि हत्या अभियोग लागेका शशस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोईरालालाई अदालतले रिहाई गरेको भन्दै विरोध समेत प्रदर्शन गरेका छन् ।

देशमा न्याय मरेको इङ्गित गर्दै पत्नि हत्याका अभियुक्त अदालतबाटै छुट्नु गम्भीर त्रुटि रहेको जनता समाजवादीका स्थानीय नेता अनुप सुब्बाले उल्लेख गरेका छन् ।

यदि जनमतको कदर हुँदैन भने उत्पीडित जनसमुदाय माथिको दमन अन्त्य गर्नका निमित्त ज्यानको बलि चढाउन तयार रहेको सुब्बाले बताए । उनीहरुले कुनै पनि हालतमा चौधरीलाई रिहाई हुनुपर्ने र पत्नि हत्याका अभियुक्त कोईरालामाथि कारबाही हुनुपर्नेमा जोड दिएका छन् ।