प्रदेश एकमा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टि

Newslaya Home

प्रदेश एकमा आज थप २३ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार १२, साउन २०७७

विराटनगर । प्रदेश नं १ मा आज २३ जनामा सङ्क्रमण देखिएको छ ।

सोमबार गरिएको पीसीआर परिक्षणमा मोरङमा १९, झापामा दुई, पाँचथर र धनकुटामा एक–एक जनामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो ।

यसरी सङ्क्रमण देखिएकामा मोरङको विराटनगरका पाँच महिलासहित सात जना, रतुवामाईका १२जना, झापाको बाह्रदशीका दुई जना, पाँचथरको याङवरक र धनकुटाको महालक्ष्मीका एक–एक जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा सङ्क्रमितको संख्या ९४५ पुगेको छ भने निको भई घर फर्कने ७४७ रहेका छन् । प्रदेशमा आज ५१८ को पिसीआर परीक्षण गरिएको छ भने अहिलेसम्म ४० हजार १८ को पिसीआर परीक्षण सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ ।