अवैध लागुऔषधसहित दुई बंगलादेशी पक्राउ

Newslaya Home

अवैध लागुऔषधसहित दुई बंगलादेशी पक्राउ

सोमबार १२, साउन २०७७

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ वहती पोखरीस्थित सडकबाट अवैध लागुऔषधसहित दुई बंगलादेशी नागरिकलाई पक्राउ गरिएको छ ।

लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सडकमा प्रदेश नम्बर ३–०२००१ प ५२२९ नम्बरको मोटरसाइकलमा बसिरहेको अबस्थामा बगंलादेश ढाका ठेगाना भएका २६ वर्षीय मोहम्मद बाबुल स्लाम र अबदुल्लाह सोजललाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट नियन्त्रित लागुऔषध ३ सय एम्पुल डाइजेल्याब, ३ सय एम्पुल बुप्रनोर्फिन, ३ सय एम्पुल फेनारागन र २० हजार रुपैयाँ बरामद भएपछि नियन्त्रणमा लिएको हो ।