धरान–चतारा सडकखण्डमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु एक घाइते

Newslaya Home

धरान–चतारा सडकखण्डमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु एक घाइते

सोमबार १२, साउन २०७७

काठमाडौं । धरान–चतारा सडकखण्डअन्तर्गत हेटौंँडाको हटियामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो हेटौंडा बजारबाट निर्माण सामग्री लिएर पूर्वी मकवानपुरको वाग्मतीतर्फ जाँदै गरेको ना ५ त ८०८८ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी वाग्मती गाउँपालिका–६ का अन्दाजी ५० वर्षीय लोप्चन र वाग्मती– ८ का अन्दाजी १७ वर्षीय किशोरसुजल नेगीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते दुई जनाको उपचारका क्रममा हेटौंँडा अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा घाइते वाग्मती– ६ का १६ वर्षीय मनोज जिम्बाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
ट्रयाटर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।