अमेरिकामा विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु

Newslaya Home

अमेरिकामा विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु

सोमबार १२, साउन २०७७

एजेन्सी । संयुक्तराज्य अमेरिकाको पश्चिमी उटाह राज्यको वेस्ट जोर्डानमा सानो बिमान दुर्घटना भएको छ ।

एक–इन्जिनयुक्त उक्त बिमान वेस्ट जोर्डानको पछिल्तिर आवाशीय क्षेत्रमा खसेर दुर्घटना भएको हो ।

बिमानमा तीन बालबच्चा सहित कूल ६ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट बिमानमा सवार तीन जनाको मृत्यु भएको छ ।

विमान खसेको एक घरकी महिला पनि घाइते भएकी र उनको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अमेरिकी संघीय नागरिक उड्डयन प्रशासनले उक्त घटनाको छानबिन थालेको बताइएको छ ।