नेपालमा आज थप १३९ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ४ हजार ९५०

Newslaya Home

नेपालमा आज थप १३९ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ४ हजार ९५०

सोमबार १२, साउन २०७७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १३९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८,७५२ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९५० रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६२६ जनाकोरोना संक्रमित निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनामुक्त हुनको संख्या १३ हजार ७५४ रहेको छ ।