धरान उपमहानगरद्धारा खानेपानी संस्थानलाई महशुल नबुझाउन आग्रह

Newslaya Home

धरान उपमहानगरद्धारा खानेपानी संस्थानलाई महशुल नबुझाउन आग्रह

सोमबार १२, साउन २०७७

धरान । धरान उपमहानगरपालिकाले खानेपानी संस्थानलाई महशुल नबुझाउन स्थानीयलाई आग्रह गरेको छ ।

लामो समय देखि विवादित रहेको धरानमा संचालित खानेपानी परियोजना अन्तर्गतको धरान खानेपानी बोर्डमा नेपाल खानेपानी संस्थान धरान शाखाको समायोजन हुने प्रक्रियामा रहेकाले संस्थानलाई कुनै पनि महशुल नबुझाउन आग्रह गरिएको हो ।

उपमहानगरपालिकाको छैटौं नगरसभामा संस्थानलाई बोर्ड मातहत ल्याउने निर्णय भएकाले खानेपानीको शुल्क बोर्डमा नै बुझाउन अनुरोध गरिएको छ ।

फागुन महिना भित्रमा हस्तान्तरणका सबै प्रक्रिया पुरा हुने भएकाले अहिले कुनै पनि महशुल संस्थानलाई नबुझाइ बोर्डमा बुझाउन उपमहानगरपालिकाका प्रमुख तिलक राईले आव्हान गरेका छन् ।
उनले यही महिना भित्रै धराने जनतालाई सहज पानी वितरण गर्ने तयारी रहेको जानकारी दिए ।