सरिता गिरीको स्थानमा लीलादेवी सिटौला सांसद बनिन्

Newslaya Home

सरिता गिरीको स्थानमा लीलादेवी सिटौला सांसद बनिन्

सोमबार १२, साउन २०७७

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट प्रतिनिधि सभामा लीला सिटौला सांसद निर्वाचित भएकी छन् ।

जसपाले तत्कालीन सांसद् सरिता गिरीको स्थानमा लिलादेवी सिटौलालाई सांसद् बनाउन सिफारिस गरेको थियो ।
निर्वाचन आयोगले सोमबार जनता समाजवादी पार्टीको सिफारिसअनुरूप खस–आर्य समूहको रिक्त भएको सरिता गिरीको स्थानमा सोही समूहको २ नम्बरमा नाम रहेकी लीलादेवी सिटौलालाई निर्वाचित घोषणा गरेको हो ।

अब प्रतिनिधिसभाको सभामुखले नव निर्वाचित सांसद सिटौलालाई शपथ ग्रहण गराउने छन् । सिटौलाले सांसदको रुपमा छिट्टै प्रतिनिधिसभाको सभामुखबाट शपथ ग्रहण गर्ने समय मिलाउने संसद सचिवालयबाट जानकारी आएको समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

लिपुलेकसहितको भूभाग समेटेर सरकारले नक्सा जारी गर्ने विषयमा संशोधन हालेपछि गिरी विवादमा परेकी थिइन् । सोही घटनालाई लिएर समाजवादीले समानुपातिक सांसदबाट उनलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।