७५ वर्षीय बुवाको हत्या आरोपमा छोरा पक्राउ

Newslaya Home

७५ वर्षीय बुवाको हत्या आरोपमा छोरा पक्राउ

सोमबार १२, साउन २०७७

काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका स्थित आफ्नै बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

आइतबार राति मादकपदार्थ सेवन गरी ७५ वर्षीय बुवा दानबहादुर शाहीमाथि कुटपिट गरी हत्या गरेको आरोपमा कनकासुन्दरी–४ का ३२ वर्षीय ऐनबहादुर शाहीलाइर्ए प्रहरीले पक्राउय गरेको हो ।

ऐन बहादुरले मापसे गरी घर फर्किंदा झडप भएपछि बुवालाई हात र हँसियाको बिँडले गम्भीर घाइते हुने गरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी लालबहादुर धामीले जानकारी दिए ।

गम्भीर घाइते भएका दान बहादुरलाई अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको थियो । उनको शव पोष्टमार्टमको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

उनको टाउको, आँखा र शरीरका केही ठाउँमा चोट लागेको थियो । परिवारले दान बहादुर शाहीको शव बुझेर अन्तिम संस्कार गरिसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।