जंगली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, सात जना बिरामी

Newslaya Home

जंगली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, सात जना बिरामी

सोमबार १२, साउन २०७७

जाजरकोट । जाजरकोटको कुसे गाउँपालिका –१ स्याँक्रीमा जंगली च्याउ खाँदा एक बालिकाको ज्यान गएको छ ।

आइतबार राति च्याउ खाएर स्थानीय जनक चलाउनेकी ३ वर्षीया छोरी अञ्जना चलाउनेको मृत्यु भएको हो ।

उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाँदै गर्दा अञ्जनाको मृत्यु भएको बताईएको छ । जंगलबाट टिपेर ल्याएको च्याउ तीन घरका परिवारले खाएका थिए ।

विषालु च्याउ खाएर ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, नौ वर्षीया निरुता सिंह, १२ वर्षीया धन्सरा चलाउने र १४ वर्षीया औसरा चलाउने गम्भीर बिरामी भएको जनाइएको छ ।

बिरामीको उद्धारका लागि हेलिकोप्टरको पहल भइरहेको प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए ।