झापामा हतियार प्रहार गरी घाइते बनाएको आरोपमा दुई जना पक्राउ

Newslaya Home

झापामा हतियार प्रहार गरी घाइते बनाएको आरोपमा दुई जना पक्राउ

सोमबार १२, साउन २०७७

झापा । झापाका दुई स्थानबाट हतियार प्रहार गरी घाईते बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

आफ्नै साथीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा कन्काई नगरपालिका–९ बस्ने २२ वर्षीय तिलक राज थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका८ बस्ने ३८ वर्षीय सुबास राईको घरमा खाना खाने क्रममा एक–आपसमा झगडा हुँदा राईले थापालाई फलामको रड प्रहार गरेपछि थापाले धारिलो हतियार दाउले प्रहार गर्दा राई गम्भीर घाइते भएका थिए । सामान्य चोट लागेका थापालाई विर्तासिटि अस्पताल बिर्तामोडमा सामान्य उपचारपश्चात ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो। घाइते राईलाई पनि उपचारका लागि सोही अस्पतालमा लगिएको छ ।


यसैगरी झापा, छिमेकीलाई धारिलो हतियार दाउ प्रहार गरी घाइते बनाएको अभियोगमा गौरीगंज गाउँपालिका–२ बस्ने ४२ वर्षीया ललिता देवी डुमलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सामान्य विवादका कारण डुमले सोही ठाउँ बस्ने लम्घार किस्कुलाई दाउले प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।