फिदिम बजारबाट २३ जना जुवाडे पक्राउ

Newslaya Home

फिदिम बजारबाट २३ जना जुवाडे पक्राउ

सोमबार १२, साउन २०७७

पाँचथर । फिदिम बजारबाट आइतबार राति जुवा खेलिरहेका २३ जनलाई प्रहरीले पक्राउ गरेको छ । रातको समयमा जुवा खेलको सुचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

मध्यरातमा जुवा खेलीरहेको अवस्थामा जुवाको खालबाट उनिहरुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । जुवाको खालबाट २ लाख ४७ हजार रुपैँया समेत बरामत भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।