भोजपुरमा राष्ट्रिय परिचय–पत्रका लागि तथ्याङ्क सङ्कलन शुरु

Newslaya Home

भोजपुरमा राष्ट्रिय परिचय–पत्रका लागि तथ्याङ्क सङ्कलन शुरु

सोमबार १२, साउन २०७७

भोजपुर । भोजपुरमा राष्ट्रिय परिचय–पत्र वितरणका लागि तथ्याङ्क सङ्कलन शुरु गरिएको छ । आइतबारदेखि राष्ट्रिय परिचय–पत्र वितरणका लागि तथ्याङ्क सङ्कलन शुरु गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयबाट परिचय–पत्रको दर्ता शुरु गरिएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् । राष्ट्रिय परिचय– पत्र पाएपछि नागरिकता, लाइसेन्सलगायत कागजात बोक्नुपर्ने झन्झट कम हुने बताइएको छ ।

नागरिकलाई सेवा सुविधा सहज र छिटो प्राप्त गर्नुको साथै कुनै व्यक्तिको कागजात अर्को व्यक्तिबाट कीर्ते नहोस् भन्ने लक्ष्यका साथ नेपाल सरकारले २०७५ मङ्सिर ३ गतेबाट राष्ट्रिय परिचय–पत्र वितरणको शुरुवात गरेको हो ।