भारतले आफ्नो भूमी दाबी कालापानी, लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई प्रवेशमा रोक

Newslaya Home

भारतले आफ्नो भूमी दाबी कालापानी, लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई प्रवेशमा रोक

सोमबार १२, साउन २०७७

काठमाडौं । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ।

गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले उक्त क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो । नेपालले हालै कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो ।

ती भूभागलाई भारतले आफ्नो भनेर कब्जा गर्दै आएको छ । नेपाल सरकारले हालै कालापानी नजिक छाङ्‍रुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरे पनि कालापानी वर समेत नेपाली सुरक्षाकर्मीलाई नै जान दिएको छैन ।