साउदीमा कोरोनाका कारण एक युवाको मृत्यु

Newslaya Home

साउदीमा कोरोनाका कारण एक युवाको मृत्यु

सोमबार १२, साउन २०७७

काठमाण्डौ । वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका एक नेपाली युवाको कोरोनाका कारण मृत्यु भएको छ ।

कोरोना सङ्क्रमण भएपछि विगत ३५ दिनदेखि उपचाररत स्याङ्जाको गल्याङ नगरपालिका –८ का रोशन श्रेष्ठको मृत्यु भएको हो । साउदी अरबको दम्मामस्थित सेन्ट्रल हस्पिटलमा उपचारार्थ ३४ वर्षीय श्रेष्ठको आइतबार साँझ मृत्यु भएको जनाइएको छ ।