सुन एकैदिन १२ सयले बढ्यो, मूल्य हालसम्मकै उच्च

Newslaya Home

सुन एकैदिन १२ सयले बढ्यो, मूल्य हालसम्मकै उच्च

सोमबार १२, साउन २०७७

काठमाडौं । सुनको मूल्यले सोमबार (आज) पनि नयाँ रेकर्ड बनाएको छ ।

आज सुनको मूल्य १२ सयले बढेर९७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६० कायम भएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ५५ रुपैयाँ बढेर १ हजार २१० रुपैयाँमा कारोबार भएको छ ।