धरानको पालिका तरकारी बजारमा आगलागी हुँदा ११ वटा पसल जलेर नष्ट

Newslaya Home

धरानको पालिका तरकारी बजारमा आगलागी हुँदा ११ वटा पसल जलेर नष्ट

सोमबार १२, साउन २०७७

धरान । धरानस्थित पुरानो बजारमा रहेको पालीका तरकारी बजारमा सोमबार बिहान आगलगी भएको छ ।

आगलागीबाट पालिका तरकारी बजारभित्र रहेको ११ वटा कस्मेटिक र तरकारी पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

विद्युत सट भएर आगलागि भएको हुनसक्ने बताइएको छ । आगलागीमा परी कल्पना तामाङ, रमा चौहान खतिवडा, अनिता आचार्जु, वसिम श्रेष्ठ, ज्ञानकुमार श्रेष्ठ, प्रविना लिम्बु, इन्दिरा श्रेष्ठ, मिरा निरौला, सुरेन्द्र चौधरी, लालबहादुर राई र यामकुमार विकको टिनको छानो भएको पसल जलेर नष्ट भएको छ ।

यस्तै, आगलागिबाट करिव ५२ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागि पश्चात धरान उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

स्थानीयहरुले भने दमकल ढिलो आएकै कारण ठूलो क्षति भएको बताएका छन् ।