‘अवस्था सामान्य नभएसम्म परीक्षा हुँदैन’ : पूर्वाञ्चल विश्वविद्यालय

Newslaya Home

‘अवस्था सामान्य नभएसम्म परीक्षा हुँदैन’ : पूर्वाञ्चल विश्वविद्यालय

सोमबार १२, साउन २०७७

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले कोरोना भाइरसका कारण सिर्जित अवस्था सामान्य नभएसम्म परीक्षा नहुने जनाएको छ । विश्वविद्यालयले सूचना जारी गरेर भदौ दोस्रो साताबाट गर्ने भनिएको परीक्षा नगर्ने जानकारी गराएको छ ।

‘कोरोना संक्रमणको कारणले कतिपय जिल्लाहरुमा नेपाल सरकारले निशेधाज्ञासमेत जारी गरेको हुँदा यी सबै कुराहरुलाई मध्यनजर गर्दै अवस्था सामान्य भएपछि मात्र परीक्षाका तालिकाहरु प्रकाशित गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

सरकारले लकडाउन अन्त्य गरेसँगै भदौ पहिलो सातादेखि लामो दूरीका यातायात सञ्चालन गर्ने बताएपछि भदौ दोस्रो सातादेखि लकडाउनका कारण स्थगित परीक्षा सञ्चालन गर्ने विश्वविद्यालयले तयारी गरेको थियो ।