विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ६४ लाख नाघ्यो

Newslaya Home

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ६४ लाख नाघ्यो

सोमबार १२, साउन २०७७

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड ६४ लाख नाघेको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एक करोड ६४ लाख दुई हजार ६६२ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसमध्ये एक करोड ३६ हजार ५३८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र विश्वमा दुई लाख १३ हजार ४५९ जना संक्रमित थपिएका छन्।

विश्वमा हालसम्म कोभिड–१९ बाट ६ लाख ५१ हजार ६५६ जनाको मृत्यु भएको छ। र, अहिले विश्वमा ५७ लाख १४ हजार ४६८ जना सक्रिय संक्रमित छन्।

नेपालमा संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ भने १३ हजार १२८ जना संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म कोभिड–१९ का कारण ४५ जनाको मृत्यु भएको छ।