जुम्लाबाट डा.केसीको सरकारलाई अल्टिमेटम, माग पूरा नभए अनसन बस्ने

Newslaya Home

जुम्लाबाट डा.केसीको सरकारलाई अल्टिमेटम, माग पूरा नभए अनसन बस्ने

सोमबार १२, साउन २०७७

काठमाडौं । स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका अभियान्ता डा.गोविन्द केसीले ३ बुँदे मागसहित सरकारलाई तीन हप्ते अल्टिमेटम दिएका छन् । हाल जुम्लामा रहेका उनले आइतबार प्रेस विज्ञप्तिमार्फत आफ्नो तीन बुँदे माग राखेका हुन् ।

स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको सुधारको माग राखेर पटक पटक अनसन बस्दै आएका उनले आफ्नो माग पूरा नभए पुनः अनसन बस्ने सरकारलाई चेतावनी दिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति प्रधानमन्त्री केपी शर्मा ओलीले नाजायज रुपमा रोकेको उनको आरोप छ ।

तत्काल अनुमति प्रदान गर्न माग गर्दै उनले प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर, इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन पनि माग राखेका छन् ।