कोभिड–१९ फोटो प्रतियोगिता हुँदै, विजेताले २५ हजार रुपैयाँ पाउने

Newslaya Home

कोभिड–१९ फोटो प्रतियोगिता हुँदै, विजेताले २५ हजार रुपैयाँ पाउने

सोमबार १२, साउन २०७७

काठमाडौ । विश्व फोटो दिवसको अवसर पारेर फोटो पसल प्रालिले ‘कोभिड–१९ फोटो प्रतियोगीता’ गर्ने भएको छ । प्रतियोगितामा देश, विदेशमा रहेका फोटोग्राफर, फोटो पत्रकार र फोटोग्राफी सम्बन्धी रुची राख्ने नेपालीले यस प्रतियोगीता सहभागी हुन पाउने छन् ।

कोरोना भाइरसले नेपालको सामाजिक आर्थिक एंव व्यक्तिगत रुपमा पारेको प्रभावलाई भावी पुस्ताका लागि इतिहासमा दस्तावेजका रुपमा प्रस्तुत गर्न फोटो पसल प्रालिले अगस्ट १९ का दिन विश्व फोटो दिवसको अवसर पारेर सो प्रतियोगिता गर्न लागेको संस्थाका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन फेसबुक पेजमा रहेको जिमेलमा प्रिन्ट गर्न मिल्ने साइजको फोटो आफैंले खिचेर पठाउनु पर्नेछ । प्रतियोगिताको प्रथमलाई २५ हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ५ हजार रुपैयाँ पुरस्कारस्वरुप प्रदान गरिनेछ ।

तस्बिर साउन ३१ गते शनिबारसम्म पठाइसक्नुपर्ने प्रालिले जनाएको छ । तस्बिर कोभिड–१९ सम्बन्धी जनचेतना, सूचना एवं यसको प्रभावलाई उजागर गराउने विषयमा केन्द्रित हुनुपर्नेछ ।