भारतमा आइतबार थपिए ४८ हजार ६६१ कोरोना संक्रमित

Newslaya Home

भारतमा आइतबार थपिए ४८ हजार ६६१ कोरोना संक्रमित

सोमबार १२, साउन २०७७

काठमाडौं । भारतमा आइतबार ४८ हजार ६६१ कोरोना संक्रमित थपिएका छन् । यसअघि शनिबार ४८ हजार ९१६ संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै ४९ हजार ३१० कोरोना संक्रमित थपिएका थिए । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १३ लाख ८५ हजार ५२२ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या ३२ हजार ६३ पुगेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको छ । लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढेको हो । भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको संख्यामा तेस्रो स्थानमा छ ।