धनुषामा कोरोना संक्रमणबाट एक युवकको मृत्यु

Newslaya Home

धनुषामा कोरोना संक्रमणबाट एक युवकको मृत्यु

सोमबार १२, साउन २०७७

जनकपुर । धनुषामा कोरोना सङ्क्रमणबाट ३८ वर्षीय एक युवकको मृत्यु भएको छ ।

शहीदनगर–८ डुमरिया बस्ने ती युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लग्ने क्रममा सिरहामा मृत्यु भएको प्रादेशिक अस्पतालले जनाएको छ ।

प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले ती युवकको आइतबार बिहान स्वाबको नमूना सङ्कलन गरिएको र साँझ रिपोर्ट पोजिटिभ आएको जानकारी दिए । शवलाई जनकपुरमै व्यवस्थापन गरिने बताइएको छ । धनुषामा कोरोना सङ्क्रमणबाट मृत्युको यो पहिलो घटना हो ।