मोरङको प्रमुख जिल्ला अधिकारीमा कोषहरि निरौला

Newslaya Home

मोरङको प्रमुख जिल्ला अधिकारीमा कोषहरि निरौला

सोमबार १२, साउन २०७७

विराटनगर । मोरङको प्रमुख जिल्ला अधिकारीमा कोषहरि निरौला नियुक्त भएका छन् । सामान्य प्रशासन मन्त्रालयले केही दिन अघि मोरङका प्रजिअ मदन भूजेललाई आन्तरिक मामिला मन्त्रालय बागमति अञ्चलमा सरुवा गरेपछि मोरङमा प्रजिअ रिक्त थियो ।

धनुषाका प्रजिअ रहेका निरौलालाई शुक्रबार गृहमन्त्रालयले मोरङ सरुवा गरेको हो । उनी यसै साता हाजिर हुने बुझिएको छ । इलाम, नुवाकोटको प्रजिअ भएर काम गरिसकेका उनी लामो समय गृहमन्त्रालयमा कार्यरत थिए । निरौलाको गत बर्ष धनुषा सरुवा भएको हो ।

मोरङको प्रजिअको लागी गृहमन्त्रालयका सहसचिव प्रेम भट्टराईले कोसिस गरेपनि उनी कांग्रेस निकट भएका कारण सफल हुन सकेनन् । भट्टराईको धनुषाको प्रजिअमा सरुवा भएको छ ।