मंगलिको साहरा बन्यो सचेत नागरिक सेवा समाज

Newslaya Home

मंगलिको साहरा बन्यो सचेत नागरिक सेवा समाज

- बिमला तिम्सिना
सोमबार १२, साउन २०७७

इटहरी । बराहपोखरी गाउपालिका–१ कि ११ वर्षिय मङ्गली मगरको असार २८ गते रुखबाट लडेर दायाँ हात र बायाँ खुट्टा बाचिएको थियो । मगरको उपचारगाउँको अस्पतालमा सम्भव नभएपछि सामान्य खेती किसानी गरेर घरको गर्जो टारेका छत्र बहादुर मगरले उनको उपचारमा लाग्ने खर्च जुटाउन धेरैसंग हार गुहार गरेको र गाउँपालिका सम्म पुग्ने गरेको गुनासो सुनाए ।

गाउँपालिकाको केही सहयोगमा बालिकालाई बिराटनगरको गोल्डेन अस्पतालमा भर्ना गरेका थिए । उपचारको लागि भर्ना त गरेका थिए तर अस्पतालमा लाग्ने खर्चको लागि मगरलाई धेरै गाह्रो भएको थियो ।

भनिन्छ ‘भगवानले त चिता म पुर्याउछु भने झै’ सहयोगि मनहरुले अस्पतालमा खर्च धान्न गारो परेर बिचल्ली भएको खबरले देश तथा बिदेशबाट आबद्ध सचेत नागरिक सेवा समाज बराहपोखरी खोटाङ्ले आर्थिक अभियान शुरु गर्‍यो ।

सो अभियानमा वैदेशिक रोजगारमा गएका र नेपालमै भएका खोटाङ जिल्लाभरका युवाहरूले एकलाख तीस हजार तिन सय पचास रुपैया हस्तान्तरण गरेको अभियान्ता प्रकाश बन्जारा सहयात्रीले जानकारी दिए ।

समाजको सहयोगले बिराटनगरको गोल्डेन अस्पतालमा निरन्तर उपचारपछि मगरलाई ठिक भएर डिस्चार्ज गरि घर पठाएको बन्जाराले जानकारी दिएका छन् ।

अभियान्ता बन्जाराले विशेष गरी संस्थाको अध्यक्ष प्रकाश खपाङ्गी मगर,सल्लाह्कार निरज मगर, अर्जुन मगर लगायत सम्पुर्ण सहयोगी हातहरुलाई हार्दिक धन्यवाद दिदै आगामी दिनहरुमा पनि सहयोगी मनहरु बेसाहारहरुको सेवामा लागि पर्ने अपेक्षा गरेको बन्जाराले बताए ।