तेब्बर भाडा असुल्दै म्याजिक चालक

Newslaya Home

तेब्बर भाडा असुल्दै म्याजिक चालक

–रोजिना खतिवडा
आइतबार ११, साउन २०७७

इटहरी । लकडाउन खुलेसँगै अहिले नेपालमा सार्वजनिक बस तथा साना गाडीहरु सञ्चालनमा आउन थालेका छन् । ठुला बसहरु पूर्णरुपमा चलिनसकेको समयमा टेम्पो तथा म्याजिकहरुले यात्रुहरु ओसारी रहेका छन् ।

तर, सञ्चालनमा आएका म्याजिक भ्यानहरुले यात्रुसँग तेब्बर बढी भाडा असुल गर्न थालेपछि यात्रुहरु आक्रोसित बनेका छन् । साविक भन्दा तीन गुणा बढी भाडा असुलिरहदा अन्याय भएको यात्रु गीता पराजुलिको भनाई छ ।

लकडाउनका कारण रोजगारी गुमाएका र आम्दानी गुमाएका सरवसाधारणहरुका लागि सार्वजनिक यातायातमा यात्रा गर्न झन गाह्रो भएको स्थानियको भनाई छ ।

सर्वसाधारणमा पनि मास्क नलगाउने र सामाजिक दुरी कायम नगर्ने प्रवृत्तिले गर्दा कोरोना संक्रमण बढ्ने सम्भावना देखिएको छ ।

यता क्षेत्रिय ट्राफिक प्रहरी कार्यलय इटहरीले भने सामाजिक दुरी कायम गर्दै सार्वजनिक सवारीका साधन प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । साथै चर्को भाडा असुल गरेमा टोल फ्रि नम्बर १०० र १०३ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।