भोजपुरमा राष्ट्रिय परिचय पत्र वितरणका लागि तथ्यांक संकलन

Newslaya Home

भोजपुरमा राष्ट्रिय परिचय पत्र वितरणका लागि तथ्यांक संकलन

आइतबार ११, साउन २०७७

भोजपुर । भोजपुरमा राष्ट्रिय परिचय पत्र वितरणका लागि तथ्यांक संकलन सुरु भएको छ ।

नेपाल सरकारले २०७५ मंसिर ३ गतेबाट सुरु गरेको राष्ट्रिय परिचय वितरणको लागि आइतबार (आज)देखि भोजपुरमा पनि तथ्यांक संकलन सुरु गरिएको हो ।

सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचय पत्रको रुपमा वितरण गरिएको यस परिचय पत्रले नागरिकका सम्पूर्ण सूचना तथा विवरणहरु एकीकृत रुपमा व्यवस्थापन गर्न तथा राज्यका सेवा सुविधा तथा राष्ट्रिय विकास आयोजनाहरुमा प्रत्यक्ष नागरिकलाई आवद्ध गर्न सहज हुने भएकाले सेवा प्रवाहमा समेत सहज हुने जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

नागरिकलाई सेवा सुविधा सहज र छिटो प्राप्त गर्नुको साथै कुनै व्याक्तिको कुनैपनि कागजात अर्को व्याक्तिबाट किर्ते नहोस भन्ने लक्ष्यका साथ सरकारले पहिलो चरणमा पाँचथर तथा सिहंदरबार परिसरबाट वितरण सुरु गरिएको थियो ।
दोस्रो चरणमा झापा, संखुवासभा, सप्तरी, महोत्तरी, ललितपुर, रसुवा लगायत १५ जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण गरिसकेको छ ।