सुनसरीको भण्टाबारीबाट लागूऔषध सहित एक महिला पक्राउ

Newslaya Home

सुनसरीको भण्टाबारीबाट लागूऔषध सहित एक महिला पक्राउ

आइतबार ११, साउन २०७७

इटहरी । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारी चारकुनेबाट लागूऔषध सहित एक महिलालाई पक्राउ गरिएको छ ।

आइतबार सिमा प्रहरी चौकी भाण्टावारीबाट खटिएको प्रहरीले २० वर्षीया गिता देवी सदालाई लागूऔषध सहित पक्राउ गरेको हो ।

सदाको साथबाट १ सय एमएलको १० बोतल डाइलेक्स डि.सि. र ५० ट्याव्लेट नाइट्रोसन बरामद गरिएको प्रहरीले जनाएको छ ।

लागूऔषध लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।