संक्रमण देखिएपछि इनरुवामा फेरी लक डाउन, यस्तो छ नियम

Newslaya Home

संक्रमण देखिएपछि इनरुवामा फेरी लक डाउन, यस्तो छ नियम

शुक्रबार ०९, साउन २०७७

इनरुवा । कोरोना संक्रमित पाइएपछि इनरुवा बजार क्षेत्रभर लक डाउन गरिएको छ । इनरुवा ३ महेन्द्रचोक घर भएका पुरुषमा कोरोना भेटिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वपक्षिय भेलाले तत्कालका लागि पूर्ण लक डाउन गर्ने निर्णय गरेको हो ।

संक्रमित पुरुष प्रदेश प्रहरी कार्यालय बिराटनगरमा कार्यरत सुरक्षाकर्मी हुन् । बिराटनगरमा गरिएको परिक्षणमा कोरोना पोजेटिभ भेटिएपछि कन्ट्याक ट्रेसिङका आधारमा बजार सहितको क्षेत्रमा पूर्ण लक डाउन गर्ने निर्णय गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले बताए ।

संक्रमित किनमेलको लागि पुगेको दुर्गा स्टोर सिल गरिएको छ । पुरुषको परिवारसहित १२ जनाको कन्ट्याक ट्रेसिङ गरिएको छ भने सबै वडाबाट स्याम्पलका आधारमा छनौट गरी पिसिआर परिक्षण गर्नेसमेत निर्णय गरेको छ ।

पिसिआरको रिपोर्ट नआएसम्म इनरुवा बजारका सबै व्यापार व्यवसाय, बैंक तथा वित्तिय संस्था र सरकारी कार्यालयसमेत बन्द गर्ने निर्णय भएको सुनसरी प्रशासनले जनाएको छ ।