पुर्वाञ्चल विश्वविद्यालयका ६ वटा टेलिफोन नम्बरहरु 

Newslaya Home

पुर्वाञ्चल विश्वविद्यालयका ६ वटा टेलिफोन नम्बरहरु 

शुक्रबार ०९, साउन २०७७

इटहरी । पुर्वाञ्चल विश्वविद्यालयलाई तपाईले सम्पर्क गर्ने प्रयास गर्नुभएको छ ? छ भने कुन नम्बरमा सम्पर्क गर्नुहुन्छ ?

विश्वविद्यालयको आधिकारीक वेवसाइट www.puexam.edu.np मा विश्वविद्यालयको लेटरप्याड देख्न सक्नहुन्छ । लेटर प्याडमा चार वटा नम्बर दिइएको छ । तर दुर्भाग्य, पूर्वको एउटै मात्र विश्वविद्यालयको चार वटै नम्बरबाट फोन सम्पर्क हुँदैन ।

पहिलो नम्बर छ, ०२१५३२०२२, यो नम्बरमा फोन लाग्दैन । अर्को नम्बर छ, ०२१५३४८०० । यो नम्बरमा पनि फोन लाग्दैन ।

तेस्रो नम्बर ०२१४४०१७३ मा फोन गर्नुभयो भने नम्बर परिवर्तन गरिएको छ । परिवर्तित नम्बर ०२१५४०१७३ हो । तर बिडम्बना, यो नम्बरमा पनि फोन लाग्दैन ।

चौथो नम्बर हो, ०२१४४०७१४ । यो नम्बर पनि परिवर्तन गरेर ०२१५४०७१४ बनाइएको छ । र यो नम्बरमा गरेको फोन उठ्दैन ।

वेवसाइट बनाएर नियमित अपडेट गरिरहेको विश्वविद्यालयको वेवसाइटमा कुनै सम्पर्क नम्बर राखिएको छैन ।

गोठगाउँमा विश्वविद्यालयको भव्य संरचना हुँदा हुँदै विराटनगरमा सम्पर्क कार्यालय राखेर लामो समयदेखि विराटनगरबाटै प्रशासन चलाएर पुर्वाञ्चल विश्वविद्यालय आलोचित बनेको थियो । विश्वविद्यालयका प्रमुखलगायतका कर्मचारीहरु विश्वविद्यालय रहेको स्थान गोठगाउँबाट काम गर्नै मान्दैनथे । पछिल्लो समय सकारात्मक वातावरण बनेपनि फोन नम्बर र सोधपुछको कामलाई समेत व्यवस्थित गर्न नसक्ने विश्वविद्यालय प्रशासनको जवाफदेहीता र कार्यशैलीमा प्रश्न उठेको छ ।

हजारौं विद्यार्थी, अविभावक तथा सर्वसाधारणलाई जवाफ दिनुपर्ने नम्बरहरुबाट सम्पर्क हुँदैन भने ती नम्बरहरु किन राखिएका छन् र ती प्रभावकारी सम्पर्क माध्यम किन बनाउन सकेको छैन, विश्वविद्यालयले अब यी प्रश्नहरुको उत्तर कसरी देला ?