१०३ वर्षीया वृद्धाले कोरोना जितेपछि अस्पतालको बेडमै बियर पार्टी

Newslaya Home

१०३ वर्षीया वृद्धाले कोरोना जितेपछि अस्पतालको बेडमै बियर पार्टी

बुधबार ०७, साउन २०७७

न्युर्योक । कोरोना महामारीले बिश्वलाई आक्रान्त पारी रहेको बेला बिश्वमा अनौठा खालका घटनाहरु भइरहेको छ । कोरोना महामारीले केटाकेटी देखि बुढाबुढी सबैलाई आक्रमण गरीरहेको छ ।

अमेरिकाको म्यासाच्युसेटमा एउटा अनौठो घटना घटेको छ । बिश्वमा सबै भन्दा धेरै कोरोना संक्रमित अमेरिकामा भेटिएका छन् । म्यासाच्युसेट निवासी एक १०३ बर्षकी बृद्धालाई कोरोना भयो ।

लामो समय अस्पतालमा भर्ना गरिएकी ती बृद्धाले कोरोनालाई जितेपछि उनले खुशियाली मनाउने बिचार पनि गरिन् । आफुमा कोरोना संक्रमण नभएको भन्ने चिकित्सकको कुरा सुनेपछि खुशी भएकी ती बृद्धाले अस्पतालको बेडमै चिसो बियर मगाएर खाईन ।

उनको सेवामा खटिएका अस्पतालका स्टाफहरुले उनको इच्छा सुनेपछि आफैले चिसो बियर किनेर अस्पतालको बेडमा नै खाने ब्यवस्था मिलाएका थिए । उनले बियर पिएको फोटो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।