कोरोना परीक्षणको नक्कली रिपोर्ट दिने अस्पतालका सञ्चालक पक्राउ

Newslaya Home

कोरोना परीक्षणको नक्कली रिपोर्ट दिने अस्पतालका सञ्चालक पक्राउ

बिहीबार ०१, साउन २०७७

काठमाडौं । बङ्गलादेशमा कोरोना परीक्षणको नक्कली रिपोर्ट दिएर ठग्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४३ वर्षीय अस्पताल सञ्चालक मोहम्मद शाहिद रहेका छन् । उनले कोरोना परीक्षणको नक्कली नतिजा दिएर साढे ३ करोड बढी ठगी गरेका हुन् ।

उनले कोरोना संक्रमितको उपचार गर्ने क्रममा शुल्क लिएको बताइएको छ । उनले दुई परीक्षण केन्द्रबाट ६५ सय जनाको नक्कली कोरोना परीक्षण नतिजा दिएको बताइएको छ । ९ दिन देखि फरार उनलाई प्रहरीले नदी तरेर भारत भाग्दै गर्दा पक्राउ गरेको हो ।