प्रदेश १ मा एकैदिन थपिए ३३ जना कोरोना संक्रमित

Newslaya Home

प्रदेश १ मा एकैदिन थपिए ३३ जना कोरोना संक्रमित

बिहीबार ०१, साउन २०७७

विराटनगर । प्रदेश १ मा बिहीबार ३३ जना कोरोना संक्रमित थपिएका छन् । ओखलढुङ्गामा १५, इलाममा ६, झापा र सुनसरीमा ४–४, मोरङमा ३ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ओखलढुङ्गाको मानेभन्ज्याङ १५ जना पुरुष, इलामको इलाम नगरपालिकामा ६ पुरुष, सुनसरीको इटहरी र कोशी गाउँपालिकामा २–२ पुरुष, झापाको भद्रपुरमा २ महिला, मेचीनगरमा १ महिला, कनकाईमा १ पुरुष, विराटनगरमा २ महिला, १ पुरुष र उदयपुरको त्रियुगामा १ पुरुषमा कोरोना पुष्टि भएको हो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७७४ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या ६५६ पुगेको छ । आज मात्र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ४ महिला र १० पुरुष गरी १४ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।