अमेरिकन एयरलाइन्सले २५ हजार कर्मचारी निकाल्ने

Newslaya Home

अमेरिकन एयरलाइन्सले २५ हजार कर्मचारी निकाल्ने

बिहीबार ०१, साउन २०७७

काठमाडौं । अमेरिकी विमान सेवा प्रदायक कम्पनी अमेरिकन एयरलाइन्सले अग्रपंक्तिमा रहेर काम गर्ने झण्डै २५ हजार कर्मचारीलाई रोजगारीबाट निकाल्ने चेतावनी दिएको छ ।

कोरोनाभाइरसको महामारीका कारण सेवा प्रवाहमा अत्यधिक कमी आएकोले उच्च मात्रामा कर्मचारी कटौती गर्नुपर्ने बाध्यता आएको छ । निकाल्न लागिएको मध्ये करीब २९ प्रतिशत कर्मचारीहरु अमेरिकी भएको बताइएको छ ।

पदमुक्त गर्न लागिएको कर्मचारीहरुलाई दुई वर्षभन्दा बढीको विदा लिन वा अग्रिम अवकास लिन समेत आग्रह गरिएको छ ।

जुन महीनासम्ममा एयरलाइन्सको ८० प्रतिशतभन्दा बढी आम्दानी घटेको बताइएको छ ।