ओखलढुङ्गगामा रहेका १५ भारतीय नागरिकमा कोरोना देखियो

Newslaya Home

ओखलढुङ्गगामा रहेका १५ भारतीय नागरिकमा कोरोना देखियो

बिहीबार ०१, साउन २०७७

विराटनगर । ओखलढुङ्गगाको मानेभज्याङ गाउँपालिकामा क्याम्प खडा गरेर बस्दै आएका १५ जना भारतीय नागरिकहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार प्रादेशिक जनस्वास्थ्य प्रगोगशाला विराटनगरमा गरिएको परिक्षणमा सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको काममा खटिएका १५ जना भारतीय नागरिकमा कोरोना पोजेटिभ देखिएको हो ।

केही दिनअघि उनीहरु सहित जिल्लाबाट ५५ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकोमा भारतीय नागरिकहरुमा मात्रै संक्रमण पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यलय ओखलढुंगामा प्रमुख सुमन तिवारीले जानकारी दिए ।
उनीहरु सबैलाई कारोना अस्थायी अस्पताल विराटनगरमा उपचारका लागि पठाइएको जनाइएको छ ।